चर्चामा

प्रधानमन्त्रीले पद छोड्नुपर्छ, कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्छ : गगन थापा

प्रधानमन्त्रीले पद छोड्नुपर्छ, कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्छ : गगन थापा
0 0
Read Time:1 Minute, 18 Second

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल पदबाट हट्न माग गरेका छन् ।

सामाजिक सञ्जाल एक्स मार्फत सोमबार राति सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले अबोध युवामाथि भएको गोलीकाण्डले सिंगो देशलाई निदाउन नदिएको उल्लेख गरेका छन् ।

“अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखै अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,” थापाले भनेका छन्।उनले नेपाली कांग्रेसले पनि अब सरकारमा बसिरहनु नहुने भन्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने माग गरेका छन् । “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन सक्दैन। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,” उनले स्पष्ट पारेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %