संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
- सत्यदीप सन्देश संवाददाता
- भदौ २४, २०८३
- 12 Shares
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् । संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- तीजको खर्च कटौती गरी दशरथ टोल विकास संस्थाद्वारा बाढीपीडितलाई सहयोग
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- पोखराका कवाडी व्यवसायीद्वारा भोटेकोशी बाढीपीडितलाई १० लाख बराबरको राहत हस्तान्तरण
- सम्पर्कविहीन नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना दिइयोस् : कांग्रेस
- प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने
- पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो, खोला साविककै अवस्थामा बग्न थाल्यो
- जेनजी सहिद र घाइतेको अपमान महसुस भयो : रास्वपा सचेतक धिताल
- अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
- जेनजी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, बदलिएन जनताको सास्ती
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३

लेखकको सम्वन्धमा