चर्चामा

पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
0 0
Read Time:1 Minute, 16 Second

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पैसाले उद्यमशीलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ‌ओलीका अनुसार नयाँ ठाउँमा लगानी गर्न सके मात्रै पैसाको सही सदुपयोग हुन्छ ।

‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ। पैसाले एउटा उद्यमशीलता, नयाँ सोच तयार गर्नुपर्छ ।

नयाँ ठाउँमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन।

पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन। तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %