चर्चामा

रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै
0 0
Read Time:3 Minute, 40 Second

पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनलाई कहाँ र कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा सार्वजनिक भएको छैन । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले भिआइपी सुविधा पाउने बताइन्छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्न प्रहरीले शुक्रबार नै कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । त्यसलगत्तै उनलाई रास्वपाको पार्टी कार्यालयबाट उनलाई पक्राउ गरिएको हो ।

उनलाई राति नै पोखरा ल्याइएको हो । उनलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइएको थियो । त्यसअघि उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

लामिछानेलाई आइतबार अदालत पेस गर्ने कास्की प्रहरीको तयारी छ । रास्वपाका समर्थकले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी र सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । साथै कास्की प्रहरी कार्यालय अगाडि पनि रास्वपा कार्यकर्ताले नाराबाजी गरेका थिए ।

योसँगै सूर्यदर्शन सहकारीको रकम अपचलन गर्नेमाथि अनुसन्धान प्रक्रिया तीव्ररुपमा अघि बढेको छ । गत असोज ६ गते पक्राउ परेको पूर्वडीआइजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । उनलाई अदालतले शुक्रबार तेस्रो पटक २० दिनको म्याद थपिदिएको छ ।

साथै सहकारी ठगी प्रकरणमा जोडिएका अन्य १६ जनालाई पक्राउ अनुमति दिएको छ । लामिछाने पक्राउ परेसँगै सूर्यदर्शन सहकारी पीडितले अब झिने आशा पलाएको बताएका छन् ।

यता, पार्टी सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएसँगै रास्वपाका नेता कार्यकर्ता पोखरा आउनेक्रम शुरु भएको छ । केही स्थलमार्ग र केही हवाई मार्ग हुँदै पोखरा आउँदैछन् । देशभरबाट पार्टी कार्यकर्ता पोखरा आउने अनुमान गरिएको छ ।

रास्वापका उपसभापति स्वर्णिम वाग्ले, उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछाने पोखरा आइसकेका छन् ।

शुक्रबार पार्टीका विभिन्न तहका बैठक बसेर नेता कार्यकर्तालाई हाइअर्लटमा रहन निर्देशन दिइएको छ । पार्टीका नेता र कार्यकर्ता पोखरामा जम्मा भएर सभापति लामिछाने पक्राउको विरोध गर्ने तयारी छ । लामिछाने पक्राउपछि पोखरामा सुरक्षा सतर्कता बढाइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %