चर्चामा

बाढी पहिरो : इलाममा एकै परिवारका ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो

बाढी पहिरो : इलाममा एकै परिवारका ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो
0 0
Read Time:1 Minute, 47 Second

इलाम । इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ । अत्यधिक वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठूलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतकहरूमा ४० वर्षीया अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका विराज तामाङ, १२ वर्षका समीर राई, ७/८ वर्षकी प्रिन्सिका मगर र करिब ३र४ वर्षका एक बालक रहेको इलाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मदन श्रेष्ठले नेपालखबरलाई जानकारी दिए ।

नाबालकको उद्धार गरी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा चार जना घाइते भएका छन्। वडाध्यक्ष श्रेष्ठका अनुसार, दसैँ भएका कारण पाहुना लाग्न आएका ६/७ जनाले भागेर ज्यान बचाएका छन् । जसमा वृद्ध दम्पती पनि छन् । उनीहरू करिब ८० वर्ष नाघेका छन् ।

वडाध्यक्ष श्रेष्ठले भने, ‘डम्बर तामाङको घर पूर्ण रूपमा पुरिएको छ । केही सदस्य भाग्न सफल भए पनि अरूलाई बचाउन सकिएन ।’

बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %