बाढी पहिरो : इलाममा एकै परिवारका ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो
- सत्यदीप सन्देश संवाददाता
- अशोज १९, २०८२
- 239 Shares
इलाम । इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ । अत्यधिक वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठूलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतकहरूमा ४० वर्षीया अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका विराज तामाङ, १२ वर्षका समीर राई, ७/८ वर्षकी प्रिन्सिका मगर र करिब ३र४ वर्षका एक बालक रहेको इलाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मदन श्रेष्ठले नेपालखबरलाई जानकारी दिए ।
नाबालकको उद्धार गरी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा चार जना घाइते भएका छन्। वडाध्यक्ष श्रेष्ठका अनुसार, दसैँ भएका कारण पाहुना लाग्न आएका ६/७ जनाले भागेर ज्यान बचाएका छन् । जसमा वृद्ध दम्पती पनि छन् । उनीहरू करिब ८० वर्ष नाघेका छन् ।
वडाध्यक्ष श्रेष्ठले भने, ‘डम्बर तामाङको घर पूर्ण रूपमा पुरिएको छ । केही सदस्य भाग्न सफल भए पनि अरूलाई बचाउन सकिएन ।’
बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा