पोखरा १३ मा सयपत्री फूल मेला हुने
- सत्यदीप सन्देश संवाददाता
- अशोज ३०, २०८२
- 358 Shares
पोखरा । पोखरा महानगरपालिका वडा १३ का स्थानीय कृषकहरूद्वारा उत्पादित सयपत्री फूललाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘सयपत्री फूल मेला–२०८२’ हुने भएको छ । आगामी ३ देखि ६ कात्तिकसम्म मेला आयोजना गरिएको हो ।
मेला हरेक दिन बिहान ८ बजेदेखि वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ ।
‘हाम्रो माटोको सुगन्ध, हाम्रो श्रमको रङ’ भन्ने नाराका साथ आयोजित यस मेलामा कृषकहरूले आफ्नै हातले उत्पादन गरेका फूलहरूको प्रदर्शनी र बिक्री गर्नेछन् ।
मेलामार्फत स्थानीय उत्पादनको बजार विस्तार र कृषकलाई प्रत्यक्ष आम्दानीको अवसर प्रदान गरिने वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाध्यक्ष बरालका अनुसार मेलाले फूल मात्र होइन, स्थानीय परिश्रमको सम्मान र आफ्नै माटोप्रतिको लगावलाई पनि उजागर गर्नेछ । उनले सबैलाई मेला अवलोकन र खरिदमा सहभागी हुन आग्रह गरेका छन् । ‘फूल किन्ने मात्र होइन, स्थानीय परिश्रमको कदर गर्ने संस्कार पनि फैलाऔँ,’ उनले भने ।
मेला अवधिभर कृषकका विविध स्टल, आकर्षक फूलका डिजाइन र सांस्कृतिक प्रस्तुतिसमेत रहने बताइएको छ । वडाले यसलाई वार्षिक परम्परा बनाउने तयारीसमेत गरेको छ ।
यस वर्ष भाइटीका ६ कात्तिकमा परेको छ ।
प्रतिकृया दिनुहोस्
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
- मृत्युमार्ग बन्दै भीमफेदी–कुलेखानी सडकः तीन महिनामा चार ठूला दुर्घटना, २१ को मृत्यु
- आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
- पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
- दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
-
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
कार्तिक २०, २०८३ -
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
कार्तिक २१, २०८३ -
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
कार्तिक २०, २०८३ -
आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
कार्तिक २६, २०८३ -
दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
कार्तिक २३, २०८३ -
पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
कार्तिक २४, २०८३

लेखकको सम्वन्धमा