संसद् पुनर्स्थापनाको मागसहित अदालत र सडकमा जाने ओलीको चेतावनी
- सत्यदीप सन्देश संवाददाता
- मंसिर २, २०८२
- 228 Shares
वर्तमान सरकारले चरम भ्रष्टाचार गरेको आरोप
काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) अदालतमा जाने भएको छ ।
मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन् । उनले यससँगै सडक आन्दोलन पनि सँगसँगै चलाइने बताए ।
ओलीका अनुसार प्रतिनिधिसभा विघटन पूर्ण रूपमा असंवैधानिक छ र यसबाहेक अन्य कुनै वैकल्पिक निर्णय गर्ने अधिकार अदालतसँग छैन । “आजको बैठकबाट हामी कानुनी लडाइँमा जान्छौँ । अर्को, सडक संघर्षमा पनि जान्छौँ । दुबै उपाय अवलम्बन गर्छौँ,” उनले भने ।
ओलीले आफू नेतृत्वमा रहेको सरकारले अहिलेको जस्तो खुलेआम भ्रष्टाचार उन्मुक्त वातावरण नभएको दाबी गरे । उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिइ विद्युत् खरिद तथा विदेशी कम्पनीलाई कर छुट दिइ कमिसन लिनेजस्ता विवादमा सरकार मुछिएको आरोप लगाए ।
उनका अनुसार आफ्ना पालामा केही कमजोरी भए पनि अहिलेका जस्तो चरम भ्रष्टाचार, कुशासन, विकासहीनता र राजनीतिक अन्यौलता देखिएको थिएन। देश समृद्धितर्फ अघि बढिरहेको बेला अनावश्यक रूपमा यस्तो अवस्था सिर्जना गरिएको उनको आरोप छ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा