नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
Read Time:1 Minute, 6 Second
काठमाडौँ । नेप्से आज दोहोरो अंकमा घटेको छ । आज विहिबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर २.९६ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयरमा २.८६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी केबिएल डिभेन्चरको शेयर ५.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १८ करोड १९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १४ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।

लेखकको सम्वन्धमा