राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी गरेका हुन् ।
उनले शुक्रबार ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका थिए ।
त्यसअघि उनले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।
यसरी सरकारले सिफारिस गरेकामध्ये राष्ट्रपतिद्वारा पछिल्लो समय कुल ६ वटा अध्यादेश जारी भएका छन् ।
संसद्मा झण्डै दुईतिहाइ बहुमत रहेको रास्वपा नेतृत्वको सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै केहीले भने टीकाटिप्पणी गरेका छन् ।

लेखकको सम्वन्धमा