कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सत्यदीप सन्देश संवाददाता
- अशोज २३, २०८३
- 7 Shares
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको हो ।
आज बिहानैदेखि सुरु भएको मतदानको समय पहिले दिउँसो ३ बजेसम्म निर्धारण गरिएको थियो । तर, त्यो समयमा नसकिने छाँट देखिएपछि निर्वाचन समिति थप दुई घण्टा गरेर ५ बजेसम्म निर्धारण गरेको थियो ।
पहिलो पटक थपिएको समयमा पनि नसकिएपछि राति ७ बजेसम्म थप समय कायम गरिएको थियो ।
७ बजेपछि भने निर्वाचन समितिले लाइनमा लागेका प्रतिनिधिलाई मतदान गर्ने भनेको थियो । जसअनुसार अहिले राति १० बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
अहिले मतदान सकिएर मतपेटिका सिलबन्दी गर्ने काम चलिरहेको छ ।
यसअघि अहिले राति नै सभापति पदको मतगणना सुरु गर्ने भनिएको थियो । तर, मतदानमै अबेर भइसकेकाले बाँकी प्रक्रिया पूरा गरेर मतगणना गर्न सकिने वा नसकिने भन्नेमा निर्वाचन समिति अन्योल देखिएको थियो ।
केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान जारी रहेको भन्दै मतगणनाबारे अन्योलता रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ – गगन थापा
- कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
अशोज १८, २०८३

लेखकको सम्वन्धमा