चर्चामा

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
0 0
Read Time:1 Minute, 39 Second

बुटवल । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा थापाले ६ हजार ५८४ मत र श्यामकृष्ण खड्गीले ३७५ मत पाए ।

निर्वाचन समितिका अनुसार ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए र ५४ मत बदर भएका थिए ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

१५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %