भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान
काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानार्थ महारथीको दर्ज्यानी ग्रहण गरेका छन ।
आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहि आएको छ ।
सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ सैन्य अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका भारतीय सेना प्रमुख सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा हिजो नेपाल आइपुगेका थिए । आज नै प्रधान सेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठ बीच दुई पक्षिय औपचारिक छलफल पनि हुनेछ । उनी बुधवार मात्रै भारत फर्कने छन् ।

लेखकको सम्वन्धमा