चर्चामा

दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग

दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग
0 0
Read Time:2 Minute, 42 Second

बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई केही भए तापनि राहत मिलोस् भनेर दीप बोर्डिङ हाई स्कुल परिवारले उक्त राहत रकम सहयोग गरेको हो । मुलुकमा आएको महाविपत्तीमा शिक्षालयको तर्फदेखि केही भएपनि राहत मिलोस् भनेर विद्यालय परिवारबाट छ लाख एक हजार सहयोग गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।

यस दुःखद् घडीमा विद्यालय व्यवस्थापन समितिलगायत सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा प्राप्त सहयोग, सद्भाव र सहानुभूतिसहित उक्त रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको प्राचार्य न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको आफ्नै कोषबाट, शिक्षक कर्मचारीबाट र पूर्व प्राथमिक तहदेखि मावि तहका विद्यार्थीहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको रकम राहत कोषमा जम्मा गरिएको छ ।

संकलन गरिएको उक्त रकम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन० को केन्द्रीय सर्कुलर अनुसार प्याब्सनमार्फत नै प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरिएको प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका प्राचार्य न्यौपानेले जानकारी दिनुभयो । यस विपत्तिमा परी जीवन गुमाउनुभएका दिवंगत आत्माहरूप्रति विद्यालय परिवारले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घर परिवार गुमाएका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभ, सुरक्षित जीवनको कामना विद्यालय परिवारले गरेको प्राचार्य न्यौपानेले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %