भोटेकोशी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार
- सत्यदीप सन्देश संवाददाता
- भदौ २०, २०८३
- 9 Shares
काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २ जनाको जीवित उद्धार गरिएको छ । उद्धार कार्यमा खटिएको टोलिले एकजना चिनियाँ नागरिक र एकजना नेपाली महिलाको उद्धार गरेको हो ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
त्यसैगरि भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फँसेकी एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।
गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरेको हो ।
उनी हिलोमा गाडिएको अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ । उद्धार गरिएका दुबैजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रतिकृया दिनुहोस्
- प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
- भोटेकोशी बाढीपहिरो पीडितका लागि प्याराडाइज इङ्गलिस स्कुलद्वारा सहयोग
- दीप बोर्डिङ परिवारबाट छ लाख एक हजार प्रधानमन्त्री राहत कोषमा सहयोग
- भोटेकोशी बाढीपछि १२५९ जनाको शव भेटियो, सम्पर्कविहिन हुने पाँच हजार नाघे
- प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित
- अहिलेको सरकार पञ्चायतकालको सरकारभन्दा उल्टो बाटोमा : सभापति लम्साल
- भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
- जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेशले भोटेकोशी बाढीपीडितलाई ३० लाखको बराबरको सामग्री दिने
- भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन
- रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार
-
भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
भदौ १४, २०८३

लेखकको सम्वन्धमा