चर्चामा

कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ

कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
0 0
Read Time:2 Minute, 9 Second

काठमाडौँ ।  नेपाली कांग्रेसले १५ औं महाधिवेशन कठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ ।

महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिएको कांग्रेसले जनाएको छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाउँदै प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङ गरिदिन आग्रह गरेका हुन् । कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ ।

कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । तर यो अवधिमा वडा अधिवेशन नहुने भएको छ ।

आज सानेपामा बसेको बैठकले संशोधित कार्यतालिका ल्याउने तयारी छ। कांग्रेसले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन कार्यतालिकालाई कायमै राखेर तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न लागेको हो ।

यो महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी हुन्छन् कि हुँदैनन् यकिन छैन । पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर उनीहरूले १५ औं महाधिवेशन तयारी समिति बनाएका छन् र उक्त समितिको बैठकले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी हालै कार्यतालिका ल्याएका थिए ।

सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भने हालै संवाद गरेका थिए । गत पुसमा कांग्रेसले विशेष महाधिवेशन पनि भृकुटीमण्डपमै गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %