बुटवलमा हिरोको दुई मोटरसाईकल एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको लन्च

बुटवल । सिजी मोटर्सले बुटवलमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाईकलहरु एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड लन्च गरेको छ । सिजी मोटर्सको आधिकारिक बिक्रेता बुटवलस्थित हिमालय अटो ट्रेडिङ्ग प्रा.लि.को माध्यमबाट क्लब प्लान बी मा मंगलबार एक कार्यक्रमको आयोजना गरी नयाँ मोटरसाईकल रिजनल लञ्च कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु महेशमान सिंह, अर्जुनमान सैजू र नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले संयुक्त रुपमा नयाँ मोटरसाईकलको लन्च गरेका हुन् । लन्च कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अर्यालले हिरो मोटरसाईकलको माइलेज र लुक्स आकर्षक भएकोले यसका पारखीहरु बढ्दै गएको बताए । हिरो मोटो कर्पले एक्स्ट्रिम रेजमार्फत नेपालका आधुनिक राइडरहरुको परिस्कृत माग तथा आवश्यकताहरु पूरा गर्दै शक्तिशाली आकर्षक र उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालको हिरो मोटोकर्पको नयाँ ब्राण्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनीले विस्वास लिएको छ । लन्च गरिएको नयाँ मोटरसाईकल एक्स्ट्रिम १६० आर फोरभीको बजार मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको छ भने एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियण्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ रहेको छ ।
सार्वजनिक गरिएका यी दुई मोडेलहरुसहित एक्सपल्स २ सय फोरभी, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस मोटरसाईकलहरु र जुम ११० स्कुटर नवलपुरस्थित सिजी ईण्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्बली प्लाण्टमासंगै असेम्बल गरिएको कम्पनीले जनाएको छ । हिरो मोटरसाईकल तथा स्कुटरहरु नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्राण्ड मानिन्छ ।
कम्पनीले सुपर स्प्लेण्डर र एक्सपल्स २ सय जस्ता चर्चित ब्राण्डद्वारा नेपालको बजारमा बलियो पकट जमाएको छ ।
चौधरी गु्रप नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह हिरो मोटोकर्पको नेपालको लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी सञ्चबलन गर्ने यसको समूहसंग १ हजार ५ सय भन्दा बढी कर्मचारीहरुको बलियो टिम र १ सय २३ ब्राण्डहरु रहेका छन् । लन्च कार्यक्रममा गायक निशान भट्टराईले उपस्थित उद्योगी, व्यापारी, डिलरका प्रतिनिधि, ग्राहक तथा सर्वसाधारणहरुलाई गीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए । सिजी मोटर्सले विभिन्न जिल्लाहरुमा हिरो एक्स्ट्रिम सिरिजको लन्च गर्दै आएको छ ।
नयाँ मोटरसाईकल सार्वजनिक गर्नुअघि कम्पनीले बुटवलदेखि सुरु भएको बाईक रेस भैरहवा पुगी पुनः बुटवल आएर समापन गरिएको थियो । कार्यक्रममा हिमालय अटो ट्रेडिङ्ग प्रा।लि। बुटवलका प्रबन्ध निर्देशक भेषराज पाण्डेले उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्दै हिरोका मोटरसाईकलहरुले ग्राहक महानुभावहरुको मन जितेको बताउँदै पछिल्लो समय युवाहरुको आकर्षकको रोजाई बनेको बताए । उनले लन्च भएका दुई मोटरसाईकलले पनि ग्राहकको मन जित्नेमा विस्वस्त भएको बताए ।
लेखकको सम्वन्धमा