रवि लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ ९, २०८२
- 223 Shares
बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय कानुनसम्मत भएको उल्लेख गरिएको छ ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको तीन दिनको बहसपछि इजलासले फैसला सुनाएको हो । आदेश शुक्रबार राति पौने ९ बजे सर्वोच्च अदालतबाट सार्वजनिक भएको हो ।
लामिछाने बुटवलको सुप्रिम सहकारी प्रकरणमा ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा हाल रुपन्देही कारागारमा थुनामा छन् । यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेपछि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा