कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
- satyadeep
- साउन ३, २०८२
- 382 Shares
न्युयोर्कमा आगामी जुलाई २७ मा सम्मान गरिने
काठमाडौं । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई विशिष्ट व्यक्तित्व—कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ। अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार ल्याएका थिए। उनको दृढ नेतृत्व, रणनीतिक सोच र कार्यक्षमताका कारण नेपालले दशकौँसम्म झेल्दै आएको लोडसेडिङको अन्त्य भएको हो । उनले देशलाई ‘अँध्यारोबाट उज्यालो’तर्फ डो¥याएपछि सर्वसाधारण जनताको मन जित्न सफल भएका छन् ।
त्यस्तै, सामाजिक अभियन्ता तथा युवा नेता ज्ञानेन्द्र शाही लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन्। सुशासन, पारदर्शिता र जनहितका विषयमा स्पष्ट र निर्भीक धारणा राख्दै आएका शाही सामाजिक रुपान्तरणका लागि निरन्तर लागिरहेकै छन् ।
ग्लोबल नेपाली संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रमा प्रेरणादायी योगदान पुर्याउने नेपालीहरूलाई सम्मान स्वरूप ग्लोबल हिरो अवार्ड प्रदान गर्दै आएको छ। यसपटक राष्ट्र निर्माण र जनसेवामा पुर्याएको विशिष्ट योगदानका लागि घिसिङ र शाहीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।
समारोहमा विश्वभर रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
- इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश
- फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान
- ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ
- बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
- फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा
- अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश
- पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
- हल्यान्डको सनसनीपूर्ण प्रदर्शनमा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
-
६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ
असार ३१, २०८३ -
फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा
असार २४, २०८३ -
अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश
असार २४, २०८३

प्रतिकृया दिनुहोस्