कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
- satyadeep
- साउन ३, २०८२
- 400 Shares
न्युयोर्कमा आगामी जुलाई २७ मा सम्मान गरिने
काठमाडौं । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई विशिष्ट व्यक्तित्व—कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ। अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार ल्याएका थिए। उनको दृढ नेतृत्व, रणनीतिक सोच र कार्यक्षमताका कारण नेपालले दशकौँसम्म झेल्दै आएको लोडसेडिङको अन्त्य भएको हो । उनले देशलाई ‘अँध्यारोबाट उज्यालो’तर्फ डो¥याएपछि सर्वसाधारण जनताको मन जित्न सफल भएका छन् ।
त्यस्तै, सामाजिक अभियन्ता तथा युवा नेता ज्ञानेन्द्र शाही लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन्। सुशासन, पारदर्शिता र जनहितका विषयमा स्पष्ट र निर्भीक धारणा राख्दै आएका शाही सामाजिक रुपान्तरणका लागि निरन्तर लागिरहेकै छन् ।
ग्लोबल नेपाली संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रमा प्रेरणादायी योगदान पुर्याउने नेपालीहरूलाई सम्मान स्वरूप ग्लोबल हिरो अवार्ड प्रदान गर्दै आएको छ। यसपटक राष्ट्र निर्माण र जनसेवामा पुर्याएको विशिष्ट योगदानका लागि घिसिङ र शाहीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।
समारोहमा विश्वभर रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

प्रतिकृया दिनुहोस्