आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर
- सत्यदीप सन्देश संवाददाता
- साउन ७, २०८२
- 272 Shares
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, आजै तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।
सङ्घीयता सबलीकरण समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस्
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
- गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
- आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
- शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
- बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति
- प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन : हर्क साम्पाङ
- भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन पर्छ : ज्ञानेन्द्र शाही
- निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग
- संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
-
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
जेष्ठ २६, २०८३ -
संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
जेष्ठ २४, २०८३ -
गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
जेष्ठ २६, २०८३

लेखकको सम्वन्धमा