तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व
कपिलवस्तु । जिल्लाको तौलिहवा मालपोत कार्यालय आर्थिक बर्ष २०८०–८१ मा २६ करोड २७ लाख २६ हजार राजस्व उठाएको छ।
पूँजिगत लाभकार राजिष्टेशन तर्फ १९ करोड २३ लाख ५९ हजार राजस्व र पूचिगत लभकार मुद्धा तर्फ लाभकर ७ करोड ३ लाख ६६ हजार राजस्व उठाउन सफल भएको छ ।
मालपोत कार्यालयले उठेको राजस्व संघिय , प्रदेश सरकार र स्थानीय सरकारलाई दिने गरेको मालपोत कार्यालयले जनाएको छ ,पूँजिगत लभकार ७ करोड ३ लाख ६६ हजार संघिय कोषमा जम्मा भएको छ ।
१९ करोड २३ लाख ५९ हजार राजिष्टेशन मध्ये ६० प्रतिशत ११ करोड ५४ लाख १५ हजार स्थानीय निकायहरु जम्मा हुने त्यस्तै ४० प्रतिशत ७ करोड ६९ लाख ४३ हजार प्रदेश सरकारको कोषमा जम्मा हुने तौलिहवा मालपोत कायालयको प्रमुख टिकाराम पौडेलले जानकारी दिए।
यो आर्थिक बर्षमा १५ हजार ८ सय ४५ जनाले बर्षमा घितो पारित भएको मालपोत अधिकृत पौडेलले जनाकारी दिए।
लेखकको सम्वन्धमा