माओवादी स्थायी समिति बैठक : प्रचण्डले राखेको एजेन्डामाथि आजदेखि नेताहरूले धारणा राख्ने
- सत्यदीप सन्देश संवाददाता
- साउन १७, २०८२
- 296 Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ ।
एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।
‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रूपमै छताछुल्ल भएको छ । अन्तरविरोधबिच शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा