संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
0 0
Read Time:3 Minute, 5 Second

रामकुमार श्रेष्ठ

नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् ।

संविधान दिवस अवसरमा बिहीबार कावासोतीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद गाहाले राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित महिलाहरूको सहभागिता सुनिश्चितता, धर्म निरपेक्षता लगायतका धेरै राम्रा काम यही संविधान आएपछि भएको बताए ।

संविधान संशोधन गर्नकै लागि अहिले दुई ठूला दल मिलेर सरकार बनाएको जिकिर गर्दै उनले अब जनतालाई आँखामा छारो हाल्ने काम गर्न नहुने, संविधानमा भएको कमीकमजोरी संशोधन गर्दै सबैको अपनत्व हुने गरी संशोधन हुनुपर्ने बताए ।

पूर्व गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले संविधान आएकै कारण अहिले तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारबाट धेरै विकास निर्माणका काम भएको बताए ।

संविधान सभा सदस्य जीवन श्रेष्ठले संविधानमा धेरै अधिकारका कुरा भएको तर केही कुराहरूमा संशोधन हुनुपर्ने धारणा राखे । उनले देशमा स्थाई सरकार निर्माण गर्न, संघीयता दह्रिलो बनाउन र समावेशीता बलियो बनाउन केही कुरा संविधानमा संशोधन हुनुपर्ने देखिएको उनको भनाइ थियो ।

पूर्व गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले संविधान जारी गर्न सबै राजनीतिक दल लगायत देशका सबै नागरिकको उत्तिकै भूमिका रहेको बताए ।

कार्यक्रममा नवलपुर जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवाली, नेकपा एमालेको तर्फबाट भीमलाल कँडेल, नेपाली कांग्रेसतर्फबाट कपिलदेव भुसाल लगायत विभिन्न दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहिद र बेपत्ता परिवारका सदस्यलाई सम्मान पनि गरिएको थियो ।

जिसस प्रमुख बाबुराम विश्वकर्माले कार्यक्रमको समापन गर्दै संविधान सबैको भएका कारण सबै मिलेर यसलाई सफल र बलियो बनाउनुपर्ने बताए । नेपाली जनताको त्याग र लामो संघर्षपछि पाएको उपलब्धि भएको हुँदा जोगाइराख्न सबै एक भएर लाग्न जरुरी रहेको उनको भनाइ थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %