चर्चामा

बुटवल अटोको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन

बुटवल अटोको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन
0 0
Read Time:3 Minute, 36 Second

बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही–लुम्बिनीको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न वृहत् रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन भएको छ ।

रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको एसोसिएसनका महासचिव पुनित पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खडकबहादुर गौतमले विगतको तुलनामा अहिले व्यवसायिक प्रतिस्पर्धा बढेकाले समयअनुकूल सीप, प्रविधि र व्यवसायिक दक्षतामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।

एसोसिएसनका अध्यक्ष प्रेम गौचनले स्थापना दिवसका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै सबै सदस्य तथा व्यवसायीलाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।

केन्द्रीय पूर्वअध्यक्ष जनार्धन गैरेले चौपारीमा बसेर स्थापना गरिएको संस्था आज देशकै सक्षम र सशक्त संस्थाका रूपमा स्थापित भएको बताए । उनले रक्तदानजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै बुटवलमा अटो व्यवसायका लागि छुट्टै र सुरक्षित ‘अटोल्यान्ड’ क्षेत्र निर्माण हुनु संस्थाका लागि थप उपलब्धि भएको बताए ।

सल्लाहकार प्रेमबहादुर फौदारले संस्थाको ३१ वर्षे यात्रा संघर्षपूर्ण रहेको स्मरण गर्दै प्रारम्भिक चरणमा मैनाबगरबाट अटो व्यवसाय सञ्चालन गरिएको अनुभव सुनाए ।

सल्लाहकार भोजबहादुर बुढाथोकीले प्रविधिको विकाससँगै व्यवसायीले आफूलाई पनि समयानुकूल परिमार्जन गर्नुपर्ने धारणा राखे। अर्का सल्लाहकार सन्तोष पाण्डेले व्यवसायीबीचको एकताले संस्थालाई थप बलियो बनाउने उल्लेख गर्दै प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । सल्लाहकार टंक गैरेले संस्थाको इतिहासलाई सम्मान गर्दै समयअनुकूल परिवर्तनसहित अघि बढ्न कार्यसमितिलाई आग्रह गरे ।
कार्यक्रम संयोजक तथा उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।
एसोसिएसनले स्थापना दिवसको पहिलो दिन बुटवल–२, मेनाबजारस्थित अटो भिलेज परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।
स्थापना दिवसका बाँकी कार्यक्रमअन्तर्गत साउन ६ गते वृक्षारोपण, ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने एसोसिएसनले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %