चर्चामा

जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी
0 0
Read Time:1 Minute, 30 Second

बुटवल । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका छन् । केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति पुगेको बताइएको छ ।

रुपन्देहीमा पछिल्लो समय जेनजीहरुको आन्दोलन सार्वजनिक सम्पत्तिहरुमा तोडफोड र आगजनीमा केन्द्रित भएको छ । उनीहरुले बुटवल उपमहानगरको कार्यालय, आन्तरिक राजश्व कार्यालय बुटवल, यातायात व्यवस्था कार्यालय बुटवल, उच्च अदालतको कार्यालय बुटवल इजलास, देवदह नगरपालिकाको कार्यालय लगात दर्जनौ सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरिसकेका छन् ।

यसैगरी बुटवलको भाटभटेनी, ड्रिम इन्टरनेश्नल होटेल, टुलिप होटेल लगायतमा  तोडफोड तथा आगजनी भएका छन् । यसैगरी दर्जनौं नेताहरुको घरमा समेत उनीहरुले आजगनी गरेका छन् । आन्दोलन नियन्त्रण बाहिर रहेका कारण सबै सुरक्षा निकाय मौन बसेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %