रुपन्देहीमा कर्फ्यु हट्यो, जनजीवन सामान्य हुँदै
Read Time:1 Minute, 19 Second
बुटवल । रुपन्देही जिल्लामा केही दिनदेखि जारी अस्थिर अवस्था सामान्य बन्न थालेको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले केही दिनयता लागु गरेको कफ्र्यु आदेश हटाएसँगै अवस्था सामान्य बन्न लागेको हो ।
प्रशासनले शुक्रबार बिहानसम्म लागू गरिएको कफ्र्यु र निषेधाज्ञा हटाएपछि जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए ।
कर्फु हटेसँगै बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले आवश्यकता परेमा पुनः कडाइ गरिने बताए ।

लेखकको सम्वन्धमा