पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने
पोखरा । नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखराको पृथ्वीचोकमा हेर्न पाइने भएको छ ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको परिचय एडभरटाइजिङको डिस्प्लेबाट खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाएको हो ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट देखाउने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल आज बेलुकी ६ः३० बजेदेखि काठमाडौँको दशरथ रंगशालामा हुँदैछ ।
साफ महिला च्याम्यिनशिपअन्तर्गत नेपाल र बंगलादेश दोस्रोपटक फाइनलमा भिड्न लागेका हुन् । यसअघि सन् २०२२ मा भएको फाइनल खेलमा बंगालदेशले नेपाललाई हराएरको थियो ।
नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँदै फाइनल पुगेकाले उच्च मनोबलका साथ मैदान उत्रँदैछ ।
परिचयको यो डिस्प्लेबाट यसअघि क्रिकेट प्रतियोगिता पनि देखाइएको थियो ।

लेखकको सम्वन्धमा