नक्कली फेसबुक बनाएर २८ लाख ठगी, तनहुँका रुद्र पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- मंसिर ३, २०८१
- 90 Shares

पोखरा । नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख ८३ हजार बढी ठगी गरेको अभियोगमा तनहुँका रुद्रबहादुर गुरुङ पक्राउ परेका छन् ।
तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भएका उनी हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ मा बस्दै आएका थिए ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
रुद्रलाई फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
नक्कल आइडीको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानका लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य
- प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
- ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
- सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने
- ९ दिने अटिजम सचेतना बुटवलमा जारी
- आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत
- आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य
- प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
- आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
-
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
जेष्ठ ३१, २०८२ -
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
जेष्ठ ३१, २०८२ -
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
जेष्ठ २६, २०८२ -
अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
जेष्ठ ३०, २०८२ -
९ दिने अटिजम सचेतना बुटवलमा जारी
जेष्ठ २९, २०८२
लेखकको सम्वन्धमा