चर्चामा

उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न
1 0
Read Time:6 Minute, 11 Second

बुटवल । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा शनिवार भव्यताका साथ बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेल राज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै बुटवलका उद्योगी व्यवसायी तथा व्यापारीहरुका समस्या समाधानमा स्थानिय सरकार उद्योग व्यापार संघ बुटवल सँग समन्वय गरि अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

साधारण सभामा सहभागी उद्योगी व्यवसायी तथा व्यापारीले समस्या र गुनासोका प्रश्नहरु मात्र गरेर निराशाजनक परिस्थिति मा बस्न नहुने बताउँदै व्यापार व्यवसायमा देखिएका समस्याका कारण पहिचान गरि समाधानको बाटोमा लाग्नुपर्नेमा जोड दिए । उद्योग,व्यापार व्यवसाय मूलुकको अर्थतन्त्र बलियो बनाउने मूल आधार भएपनि यसको प्रबर्द्धन र आर्थिक विकासमा सकारात्मक उपलब्धि हुन नसक्दा मूलुकको अर्थ तन्त्र नै धरासायी अवस्थामा पुगेको बताउँदै व्यवसायमा अब नयाँ सकरात्मक सोच,चिन्तन र टेक्निक अपनाई सम्पूर्ण उद्योगी व्यवसायी तथा व्यापारी एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले उद्योग व्यापार संघ बुटवलले उद्योगी व्यवसायी तथा व्यापारीहरुका लगानीमा आर्थिक अनुशासन र विधिको अनुगमन र मूल्याङ्कन गरी अगाडि बढ्नुपर्नेमा सुझाव दिए। उद्योगी व्यवसायी तथा व्यापारीहरुले बैंकबाट ऋण लिएर ऋणको गलत प्रयोग नगरि उद्योग,व्यापार व्यवसायमा नै सही ढङ्गले लगानी गरि आफ्नोे उद्योग , व्यापार व्यवसाय प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

सकारात्मक कर्म, सोच र चिन्तनले मुलुकमा समृद्धि आउने भएकाले विधिको शासन सन्चालन गरि राज्यले जनताको हक, हितका लागि निति र शुसासन कायम गरेको बताउँदै हरेक तहमा आर्थिक परिवर्तनका लागि कर,राजस्व छलिमा भन्सार विभाग लगाएत सबै निकायले समन्वय गरि नियन्त्रण गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योग व्यापार संघ बुटवलले‌ संघमा आवद्ध रहेका उद्योगी व्यवसायी तथा व्यापारीहरुका हकहित र पेशागत मर्यादालाई संस्थागतरुपमा समेटेर अगाडि बढेकोमा खुसी व्यक्त गर्दैै आगामी दिनमा संघको थप सफलता र प्रगतिको शुभकामना दिए ।

स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूल नाराका साथ उद्योग व्यापार संघ बुटवल रपन्देहीले यस क्षेत्रका उद्योगी व्यवसायीहरुका समस्याहरुको पहिचान गरि समाधान गर्न सधैँ प्रयत्नशील रहेर व्यवसायीहरुका हकहितका साथै सामाजिक उत्तरदायित्व पूरा गर्दै यस क्षेत्रमा अझै थप रचनात्मक कार्यहरु गर्दै अगाडि बढिरहेको अध्यक्ष विष्णु प्रसाद पाण्डेले‌ बताए ।

राजनैतिक अस्थिरताका कारणले पछिल्लो समय उद्योग व्यापार व्यवसाय धरासायी बन्दै जाँदा मूलुकमा आर्थिक सङ्कटमा उत्पन्न हुदाँ उद्योगी व्यवसायीहरुले आर्थिक चुनौतीको सामना गरिरहनु परेकाले यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

उनले उद्योगी, व्यवसायीहरुको हकहित र पेशागत मर्यादालाई संस्थागत गरि उद्योग व्यवसायको स्थापना,बिकास, संरक्षण तथा संवर्द्धन गर्न स्थानीय तह, सरकारी निकायहरुसँग, सामाजिक र गैर सरकारी संस्था सँग समन्वय र सहकार्य गरि व्यवस्थित ढङ्गले संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए। आर्थिक क्षेत्र भनेको विस्वास मा अडिने भएकाले अर्थ तन्त्र पहिलेको तुलनामा अहिले सुदृढ भएको भैरहवा भन्सार कार्यालयका अधिकृत राम प्रसाद रेग्मीले बताए। सरकारले लक्ष्य बमोजिम राजश्व संकलन र लगानी गर्न नसक्दा वर्तमान अर्थतन्त्रमा समस्या देखिएको बताए ।

बिगतदेखि वर्तमान सम्मका भुक्तानीमा ढिलासुस्ती हुदा बजार चलाएमान हुन नसकिरहेको र निर्माण कार्य समेत ठप्प भएको बताए। सरकारले युवा जनशक्ति लाई देशमा परिचालन गर्न नसक्दा युवाहरु पलायन हुदाँ मुलुकमा समस्या देखिएको बताए। अर्थ तन्त्र का धेरै जसो समस्या समाधान भईसकेको हुदाँ हामी सुदृढ र सम्पन्न भएका छौं भन्ने आत्मविश्वासका साथ काम गर्दै उद्योगी व्यवसायी तथा व्यापारीहरु अगाडि बढ्नुपर्ने बताए। कार्यक्रममा सहभागिहरुले शुभकामना आदानप्रदान सँगै समस्या, गुनासो र समाधानका विषयमा छलफल गरेका थिए। साधारण सभामा वार्षिक रूपमा आयव्ययको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %