शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

बुटवल । बुटवल -७ ,दिपनगर स्थित शिद्धेश्वर लाल कुमारी माविको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ ।
सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै बुटवलको प्रविधिमैत्री गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेल राज पाण्डेले बताए ।
उनले विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै शिद्धेस्वर लाल कुमारी माविको शैक्षिक गुणस्तर तथा भौतिक सुधारका पक्षमा स्थानीय सरकार विद्यालयसँग समन्वय गरि अगाडि बढ्ने प्रतिवद्धता जनाए। विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासलाई गति दिन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावक एकजुट भएर लाग्नुपर्ने बताए। विद्यालयले प्रविधि मैत्री गुणस्तरीय शिक्षाको व्यवस्था र पेशागत मर्यादालाई संस्थागतरुपमा समेटेर अगाडि बढेकोमा खुसी व्यक्त गरे ।
उनले विद्यालयको शैक्षिक कार्ययोजना, निर्णय र गतिविधिमा सक्रिय रहँदै शैक्षिक निति, नियम र अनुशासनको पालनामा रहेर विद्यालयको शैक्षिक तथा भौतिक पक्षमा कार्यन्वयन गर्दै जानुपर्ने सुझाव दिए।उनले ४३औं वार्षिक उत्सवका अवसरमा बुटवलको गुणस्तरीय शिक्षाको उदाहरणीय विद्यालयका रुपमा रहेको शिद्धेस्वर लाल कुमारी माविको निरन्तर सक्रियतासँगै शैक्षिक सफलताको कामना समेत गरे ।
उनले विद्यालयको अवलोकन गरि विद्यालय परिसरमा राखिएको विद्याकी देवी सरस्वतीको मूर्तिमा माल्यार्पण गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनानाथ गिरीले विद्यालयको बार्षिक आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई गति दिन विद्यालयसँग जोडिएर योगदान पुर्याउने शिक्षक, विद्यार्थी, अभिभावक, सहयोगी दाता तथा, सामाजिक अभियान्तालाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।
उनले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय सँग जोडिएका संघसंस्था, स्थानीय सहयोगी दाता सँग हातेमालो सँगै स्थानीय सरकार सँग समन्वय गरि विद्यालयलाई उदाहरणीय विद्यालयका रुपमा सन्चालन गर्ने प्रतिवद्धता गरे।कार्यक्रममा शिद्धेस्वर लाल कुमारी माविको शैक्षिक र भौतिक स्तर माथि उठाउन लागि पर्ने , शिक्षक, विद्यार्थी, अभिभावक , पत्रकार,स्थानीय,विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, अन्य संस्था र सहयोगी दाता प्रति बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख शिवराज सुवेदीले सम्मान व्यक्त गरे ।
विद्यालयको सुन्दर र रमणीय वातावरणमा अध्ययन गरि विद्यार्थीलाई शैक्षिक सफलतातर्फ अगाडि बढ्न सुझाव दिए। उनले विद्यालयको शैक्षिक कार्ययोजनाको तर्जुमा गरि विद्यालयको शैक्षिक तथा भौतिक सुन्दरता कायम राख्न सबैजना मिलेर निरन्तर रुपमा लाग्नुपर्ने बताए ।
निजि विद्यालयको दाँजोमा सामूदायिक विद्यालयको रुपमा रहेको शिद्धेस्वर लाल कुमारी माविको शैक्षिक गुणस्तर तथा भौतिक उन्नति र प्रगति तिव्र गतिमा अघि बढिरहेको देख्दा अत्यन्तै गर्व महसुस भएको निजि विद्यालय दिप बोर्डिङ हाई स्कुलका प्राचार्य टिकाराम न्यौपानेले बताए ।
उनले विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने अपेक्षाले रू १ लाखको अक्षयकोष खडा गरेको जानकारी दिए। उनले आगामी दिनमा पनि निजि र सामूदायिक विद्यालयबिचको पारस्परिक सम्बन्ध विस्तारमा कायम राखिरहने जानकारी दिए। उनले शिद्धेस्वर लाल कुमारी माविको शैक्षिक गुणस्तर र विकासका लागि सहकार्य गरि अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापनमा हरेक क्षेत्रबाट अहोरात्र खटिएर कार्ययोजनाको तर्जुमा , भौतिक संरचनाको पुनःनिर्माण, शैक्षिक गुणस्तरमा सुधार र कार्यन्वयन गर्ने सम्पूर्ण सहयोगी दाता प्रति सम्मान व्यक्त गर्दैै धन्यवाद दिए। आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनमा सकरात्मक सोच,चिन्तन र नयाँ टेक्निक अपनाई निरन्तर सक्रियताका साथ विद्यालय व्यवस्थापनमा लागिरहने समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताए । वार्षिक उत्सवको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष बाट छात्रवृत्ति प्रदान सँगै पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका शिक्षक कैलाश गौतमको सन्चालन मा रहेको कार्यक्रममा स्थानीय कलाकार तथा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति, उत्कृष्ट शिक्षक सम्मान , पत्रकार सम्मान, विद्यालय प्रति योगदान गर्ने सहयोगी दाता तथा सामाजिक अभियान्ताहरुलाई सम्मान गरिएको थियो।
लेखकको सम्वन्धमा