चर्चामा

छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई
0 0
Read Time:8 Minute, 2 Second

दिनेश घिमिरे

गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

गैडहवाको छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । गैडहवा गाँउपालिकामा आयोजित कार्यक्रम छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालयले हासिल गरेको थिए । हसना पुर माध्यमिक विद्यालयले ९ गोल्ड ८ सिल्भर ५ ब्रोन्ज सहित पहिलो भएको हो ।

यस्तै निकै कडा प्रतिशतप्रधामा पोहवा मा वि ले ६ गोल्ड ५ सिल्बर ३ ब्रोन्ज सहित दोस्रो भएको छ यस्तै तेस्रो स्थानमा सुर्यपुरा माध्यमिक बिद्यालयले ४ गोल्ड ७ सिल्भर २ ब्रोन्ज सहित तेस्रो भएको थियोे ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित उक्त कार्यक्रम आयोजना गरिएको पालिकाले बताएकोछ ।

कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालि अध्यक्ष सुरेन्द्र पौडेलले छैठौं रास्ट्रपति रनिङ शिल्डमा सहभागी सम्पूर्ण बिद्यालय बिद्यार्थी हरुलाई धन्यवाद दिदै खेलकुद अहिलेको समाजको प्रमुख पक्ष रहेको बताउदै खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

प्रमुख अतिथि अध्यक्ष पौड्यालले बालबालिका र किशोरकिशोरी खेलकुदमा संलग्न हुँदा उनीहरूले धेरै फाइदाहरू लिन सक्ने हुदा यसले शारीरिक विकाससहित विभिन्न मानसिकस्थितिमा मद्दत गर्ने र सानै उमेरमा मूख्य खेलकुद कौशल हासिल गर्नाले जवान भईसक्दा व्यक्ति परिपक्व हुने भएकोले खेलकुदमा, जित र हार सामान्य हो भन्ने अनुभवले भविष्यमा युवाहरूलाई जित-हारलाई सजिलैसँग सामना गर्न प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भयो ।

खेलकुदले उनीहरूलाई सानै उमेरमा जीवनमा सामना गर्नुपर्ने रणनीतिहरू विकास गर्न सहयोग गर्ने र त्यसैले उनीहरूले कठिन परिस्थितिलाई राम्ररी व्यवस्थापन गर्ने र अन्ततः खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍याउन हुदा खेलकुद, संस्कृति र मनोरञ्जन बालबालिकाको जीवनको अभिन्न अंग रहेको हुदा व्यायाम प्राप्त गर्न, नयाँ साथीहरू बनाउन र विभिन्न क्षेत्रहरूमा नयाँ क्षमताहरू प्राप्त गर्ने खेलकुद बिद्यार्थीको लागि अपरिहार्य रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने वडा अध्यक्ष बिद्यालय परिवार विभिन्न समिति उप समिति शिक्षक बिद्यार्थी सुरक्षाक्रमि पत्रकार स्थानीय बुद्धिजीवी प्रमुख अतिथि पौडेलले धन्यवाद दिनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि गैडहवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले छैठौं रास्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेकोमा धन्यवाद दिदै खेलकुद, संस्कृति र मनोरञ्जन बालबालिकाको जीवनको अभिन्न अंग रहेको बताउदै व्यायाम प्राप्त गर्न, नयाँ साथीहरू बनाउन र विभिन्न क्षेत्रहरूमा नयाँ क्षमताहरू प्राप्त गर्ने खेलकुद उत्कृष्ट तरिका रहेको बताउदै अहिलेका कमि कमजोरीलाई सुधार गरि सातौं रास्ट्रपति रनिङ शिल्ड थप ब्यबस्थापनमा सम्पन्न गर्नुपर्नेमा जोड दिदै सहभागी बिद्यार्थीलाई हार जित भन्दापनी सहभागीत्तानै महान कार्य रहेको बताउनु भयो
प्रतियोगितामा छात्र/छात्रा दौड, एथलेटिक्स, कबड्डी र भलिबलमा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीले समेत सम्मानित गरिएको थियो ।

कार्यक्रमको अध्यक्षत्ता समेत गर्नुभएका गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी एवम् सम्पूर्णको साथ सहयोग आवश्यक पर्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि ,वडा न ५ अध्यक्ष बिजय कुमार शर्मा, विद्यार्थीहरुलाई भविष्यको देशको नेता मानिने हुदा त्यसैले उनीहरुलाई उचित शिक्षा, जीवन कौशल, र प्रशिक्षण हुनुपर्ने र एक राम्रो विद्यार्थी समाज र देशको लागी राम्रो गर्दै जाने र यदि हामी विद्यार्थी जीवनलाई सही ढंगले प्रयोग गर्ने हो भने मात्र बिद्यार्थी चाँडै सफलताको तर्फ पुग्न सक्ने बताउदै निशुल्क चियापान वडा कार्यलय संग समन्वय गरेर आमा समुहले मेहनत गरेकोमा धन्यवाद दिदै पालिकाले चाहेमा अर्कोपटक थप जिम्मेवारी र ब्यबस्थापन वडा न ५ ले गर्ने बताउनु भयो ।

लगायतले पालिकाले गरेका हरेक कार्यक्रममा वडा न १ का अध्यक्ष प्रदीप कुमार चौधरी लगाएत शिक्षक पत्रकार सुरक्षाक्रमी लगाएतको उपस्थिति रहेको थियोे कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक बिजकुमार चाई उपस्तिथि सम्पूर्ण स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।

कार्यक्रममा २२ वटा सामुदायिक बिद्यालय , १५ वटा संस्थागत बिद्यालय र ८ वटा धार्मिक विद्यालय अर्थात मदरसाको सहभागीता रहेको थियोे ।

कार्यक्रममा बिद्यार्थीले मार्चपास समेत प्रस्तुत गरेका थिए प्रथम हसनापुर मा वि र दृतिय पोहवा मा वि तृतिय नव दुर्गा मा वि भएको बताईएको छ कार्यक्रमको बिचबिचमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चलान जनकल्याण माध्यमिक बिद्यालयका प्राचार्य सञ्जय यादवले गर्नु भएको थियोे ।
कार्यक्रम वडा नं ५ स्थित सिद्धार्थ गाैतम बुद्ध आधारभूत विद्यालय परिसको खेल मैदानमा हुनेछन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %