औद्योगिक व्यापार मेलामा बुधबार ४० हजार दर्शक : एलिनाको दमदार प्रस्तुती
- सत्यदीप सन्देश संवाददाता
- पुस १०, २०८१
- 742 Shares
Read Time:3 Minute, 14 Second
बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुती रह्यो । क्रिसमस विदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए ।
उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट हुटिङको वर्षाभयो । जब एलिनाले माईक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो ।
एलिनाले ५० औं हजार दर्शकका बिच आफ्नो गायन करियर सुरु गर्दादेखिका पछिल्ला सबै गित गाएर भरपुर मनोरञ्जन प्रदान गरिन् । एलिनाले गित गाउँदा दर्शकले पनि संगसंगै गित गाउदै हुटिङ गर्दै नाचेका थिए ।
बुटवलको मञ्चमा एलिनाले कट्टा हान्दिन्छ, धोकेवाज हौ तीमि, मिनरल वाटर, आईफोन हरायो लगायतका थुप्रै गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन गराईन ।
बुधबार एलिना सहित लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, सुशिला गौतम, धनबहादुर गुरुङ, शिला गुरुङ, तारा थापा, दिपा थापा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
त्यस्तैगरी भोली बिहिबार लोक तथा दोहोरी गायक श्याम राना, सपना गाहा, विधान कार्की, सुनि तामी, निरु गुरुङ, हरि खत्री, हास्य कलाकार कमल गाउँले, डान्सर विना धिताल, शिल्पा मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।
बुधबार मेलामा ४० हजार बढी दर्शकले अवलोकन गरेका छन् । मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बुधबार मात्रै मेलामा ४० हजार
बढीले अवालेकन गरेको बताउनु भयो ।
यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेला १८ गते सम्म सञ्चालन गरिने छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् ।
मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा