चर्चामा

सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न
3 0
Read Time:2 Minute, 9 Second

बुटवल । सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनी तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिलोतमाको वनबाटिकामा भएको सो कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्तले समाजबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढेको बताउनुभयो ।

उहाँले आगामि दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने र सदस्यहरुबिच भातृत्व र सहयोगका कार्यक्रम गर्दै अगाडी बढ्ने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि शैक्षिक व्यक्तित्व नारायण ब. विष्ट ले सम्पर्क समाजले अहिलेसम्म गरेका काम सफल र प्रंशसनिय रहेको भन्दै आगामि दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सम्पर्क समाजको वार्षिक प्रतिवेदन सचिव धीरबहादुर कार्कीले पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना ओझाले पेश गर्नुभएको थियो ।

विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक प्रकाश भण्डारी , भैरहवा भन्सार अधिकृत रुद्र प्रसाद पन्त , सस्थापक अध्यक्ष आयुस बोगटी, समाजका उपाध्यक्ष उद्धब सिह बिस्ट, गीता भट्ट,नवीन तिरुवा लगायतले समाजले आफ्नो क्षेत्रका भाषा सकृतिहरुलाई यो क्षेत्रमा समेत ल्याएर चलायमान बनाउनुपर्ने उल्लेख गरेका थिए।

कार्यक्रम प्रमानन्द पन्तको अध्यक्षता,संस्थाका सल्लाहकार गणेश भण्डारीको स्वागत, धीरबहादुर कार्कीका सञ्चालनम़ा सम्पन्न भएको थियो ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %