बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु
- सत्यदीप सन्देश संवाददाता
- चैत्र ८, २०८१
- 413 Shares
बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे ।
यसैगरी बुटवलको विकासमा मिडियाले खेलेको भूमिका बारे चर्चा गर्दै पाण्डेले यहाँको प्रचारप्रसार गरी अब पर्यटन विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे विभिन्न विषयमा प्यानल डिस्कशन गरिएको छ ।
सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सूचना तथा प्रसारण विभागका निर्देशक प्रदीप परियार, ब्राहखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानलगायतका विज्ञहरुको उपस्थितिमा विभिन्न सेशनमा छलफल हुनेछ । त्यस्तैगरी सम्मेलनपछि चैत ९ गते नयाँ नेतृत्व चयन हुनेछ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका अध्यक्ष नवराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु भुसालको स्वागत मन्तव्यमा कार्यक्रमको सन्चालन सचिव माधव नेपालले गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३ -
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा