चर्चामा

पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु

पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
0 0
Read Time:41 Second

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

सोमबार बिहान स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पड्काउने क्रममा घाइते भएका थिए । पटाकाको छर्रा उनको छातीको बीच भागमा लागेको थियो ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, चिकित्सकले बिहान नै उनलाई मृत घोषणा गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %