समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन २८, २०८२
- 159 Shares
कुन दलले कति सिट पाए ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ ।
निर्वाचन आयोगले बिहीबार (फागुन २८) मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो ।
आयोगका अनुसार समानुपातिकतर्फ थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका ६ राजनीतिक दलले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन् ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६ सिट र नेपाली कम्युनिष्ट पार्टीले ९ सिट प्राप्त गरेका छन् ।
यसैगरी श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (१) अनुसार दलहरूले प्राप्त गरेको सदर मतका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम सिट बाँडफाँट गरिएको हो ।
आयोगले सिट संख्या अनुसार तीन दिनभित्र उम्मेदवारहरूको नाम छनोट गरी आयोगमा पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
- गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
- आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
- शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
- बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति
- प्रधानमन्त्रीले सीमा बारेको अभिव्यक्ति नसच्याएसम्म अरु विषयमा प्रवेश गर्न सकिदैन : हर्क साम्पाङ
- भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन पर्छ : ज्ञानेन्द्र शाही
- निजी विद्यालयमाथिको ३ प्रतिशत ‘समता शुल्क’ खारेज गर्न प्याब्सनको माग
- संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
-
आर्थिक विधेयक र एमआरपीबारे उद्योगी–व्यवसायीहरुलाई अभिमुखीकरण
जेष्ठ २६, २०८३ -
संघ र प्रदेशका सांसदलाई सहयोगी कर्मचारी दिन माग
जेष्ठ २४, २०८३ -
गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ
जेष्ठ २६, २०८३

लेखकको सम्वन्धमा