दुई लाख घुससहित पक्राउ परेका रूपन्देही मालपोतका नासुविरुद्ध मुद्धा दायर
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ ४, २०८३
- 72 Shares
काठमाडौँ । रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीबाट लिइसकेको अवस्थामा दुई लाख नगदसहित उनलाई पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा खाम्चाले जिर्ण श्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी तथा दाखिल खारेजलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाई गरी उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
प्रमाणसहित दोषी देखिएपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही अघि बढाइएको छ । आयोगले उनलाई बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
प्रतिकृया दिनुहोस्
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
- भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
- पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
- एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै
-
फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
भदौ २८, २०८३

लेखकको सम्वन्धमा