चर्चामा

पोखरा-१३,मा तरबुजा मेलाः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

पोखरा-१३,मा तरबुजा मेलाः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
0 0
Read Time:2 Minute, 54 Second

पोखरा । पोखरा १३ मा ‘तरबुजा मेला २०८३’ सम्पन्न भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नम्बर १३ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

मेलाको उद्‌घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। यस्ता मेलाहरुले उत्पादक किसानमा उत्साह बढ्ने र उत्पादनले समेत बजार पाउने उनले धारणा राखे । आचार्यले पोखराको कृषि र किसानका आवस्यकतालाई पोखरा महानगरपालिकाको आर्थिक महाशाखाबाट सम्बोधन गरिने बताएका छन । खर्बुजा उत्पादनको लागि पोखरामा सरस्वती प्रजाती उपयुक्त हुने धारणा राख्दै यसको विस्तारमा लाग्नुपर्नेमा जोड दिएका छन ।

तरबुजा खेती र उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । कृषक सम्मान, तरबुजा दौड, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज आयोजना गरिएको मेलामा सहभागीलाई पुरस्कारस्वरूप तरबुजा नै प्रदान गरिएको थियो। आयोजकका अनुसार मेलामा सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने कृषक, सबैभन्दा मिठो तरबुजा उत्पादन गर्ने कृषक तथा उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई सम्मान गरिएको थियो ।

वडा अध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव प्रेरणा सेढाई भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया तथा तरबुजा कृषकलगायतले पोखरामा तरबुजा उत्पादनको अवस्था, बजारीकरण, खेती विस्तार र सम्भावनाबारे धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणका लागि यस्ता मेला प्रभावकारी हुने बताएका थिए। उनीहरूले कृषिलाई व्यावसायिक र आकर्षक बनाउन स्थानीय तहले थप सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %