बाजुरा र हुम्ला सीमा विवाद बारे अध्ययन गर्न सरकारले बनायो समिति
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ १०, २०८३
- 91 Shares
काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक/एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य/सचिवको जिम्मेवारी दिइएको छ ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा,नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
- मृत्युमार्ग बन्दै भीमफेदी–कुलेखानी सडकः तीन महिनामा चार ठूला दुर्घटना, २१ को मृत्यु
- आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
- पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
- दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
-
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
कार्तिक २०, २०८३ -
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
कार्तिक २०, २०८३ -
आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
कार्तिक २६, २०८३ -
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
कार्तिक २१, २०८३ -
दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
कार्तिक २३, २०८३ -
प्रहरी महानिरीक्षकबाट कार्की हटाइए, केसी बने
कार्तिक २०, २०८३ -
पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
कार्तिक २४, २०८३

लेखकको सम्वन्धमा