बसपार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति
पोखरा । पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच लामो समयदेखि विवादित बसपार्क निर्माणका विषयमा सहमति भएको छ ।
पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको हो । अदालतले अन्तरिम आदेश दिएको थियो दुवै पक्षलाई २६ गते छलफलका लागी अदालत बोलाएको थियो । साथै, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत गरेका छन् ।
सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ। यस्तै, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ ।
पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ ।
महानगरपालिकाले बसपार्क निर्माणलाई अघि बढाउन सहयोग पु¥याउने सम्पूर्ण जग्गाधनी, स्थानीयवासी, सरोकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतिक्षित पोखरा बसपार्क निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ ।

लेखकको सम्वन्धमा