चर्चामा

बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ

बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
0 0
Read Time:1 Minute, 50 Second

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने , जिल्ला कास्की पोखरा महानगरपालिका १ का किरण तिवारी (कृष्ण), जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १ का संजय थारु, जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, जिल्ला दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

घर तथा कोठा खानतलासीका क्रममा एक हजार दरका ६२२ थान ६ लाख २२ हजार बराबरका नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन, साथै ६ थान मोबाइल सहित उनिहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %