रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार
९७७ जना अझै सम्पर्कविहीन
- तस्बिरःरासस
काठमाडौं। तिब्बत क्षेत्रमा हिमपहिरो खसेर भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी शुक्रबार दिउँसो ३ बजेसम्म ५३८ जनाको शव भेटिएको जनाएको हो । अहिलेसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको पनि प्राधिकरणले जनाएको छ ।
बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये सबैभन्दा बढी विदेशी नागरिक छन् ।
अहिलेसम्म ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नेपालमा घुम्न आएका विदेशमा बस्ने नेपाली १२७ जना पनि हराइरहेका छन् ।
त्यस्तै सम्पर्कविहीन हुनेमध्ये २८ नेपाल प्रहरी, ४५ नेपाली सेना, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालय १५ जना अध्यागमन कार्यालयका ४ जना कर्मचारी रहेका छन् ।
रसुवा र नुवाकोटका १६२, मकवानपुर ६६ जना पनि सम्पर्कविहीन अवस्थामा रहेको जानकारी छ ।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका ७८ वटा हवाई उडान, ४४७३ नेपाल प्रहरी, ६६९६ नेपाल सेता र ६३५८जना सशस्त्र प्रहरी खटिएका छन् ।
प्रभावित क्षेत्रमा ३० ट्रक खाद्य र गैरखाद्य सामाग्री पठाइएको, हेलीकप्टरको ४ वटा उडान गरि प्रभावितक्षेत्रमा तत्काल आवश्यकताका खाद्य र गैरखाद्य समाग्री पठाइएको पनि प्राधिकरणले जनाएको छ।

लेखकको सम्वन्धमा