रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार
- सत्यदीप सन्देश संवाददाता
- भदौ १२, २०८३
- 66 Shares
९७७ जना अझै सम्पर्कविहीन
- तस्बिरःरासस
काठमाडौं। तिब्बत क्षेत्रमा हिमपहिरो खसेर भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी शुक्रबार दिउँसो ३ बजेसम्म ५३८ जनाको शव भेटिएको जनाएको हो । अहिलेसम्म ३ हजार ७४२ जनाको उद्धार गरिएको पनि प्राधिकरणले जनाएको छ ।
बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये सबैभन्दा बढी विदेशी नागरिक छन् ।
अहिलेसम्म ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नेपालमा घुम्न आएका विदेशमा बस्ने नेपाली १२७ जना पनि हराइरहेका छन् ।
त्यस्तै सम्पर्कविहीन हुनेमध्ये २८ नेपाल प्रहरी, ४५ नेपाली सेना, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालय १५ जना अध्यागमन कार्यालयका ४ जना कर्मचारी रहेका छन् ।
रसुवा र नुवाकोटका १६२, मकवानपुर ६६ जना पनि सम्पर्कविहीन अवस्थामा रहेको जानकारी छ ।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका ७८ वटा हवाई उडान, ४४७३ नेपाल प्रहरी, ६६९६ नेपाल सेता र ६३५८जना सशस्त्र प्रहरी खटिएका छन् ।
प्रभावित क्षेत्रमा ३० ट्रक खाद्य र गैरखाद्य सामाग्री पठाइएको, हेलीकप्टरको ४ वटा उडान गरि प्रभावितक्षेत्रमा तत्काल आवश्यकताका खाद्य र गैरखाद्य समाग्री पठाइएको पनि प्राधिकरणले जनाएको छ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा