नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको दशौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रेस युनियनका केन्द्रीय परामर्शदाता हरि लम्सालले विधि र विधानअनुसार सबै श्रमजीवी पत्रकारको हितमा काम गर्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो ।
निवर्तमान अध्यक्ष कविन्द्र नेपालले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष कल्पना तिवारीले प्रेस युनियन रुपन्देहीलाई थप व्यवस्थित, सक्रिय र सबै पत्रकारको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल र प्रेस युनियनकी केन्द्रीय सदस्य रेखा भुसालले पत्रकारको पेशागत हकहित, प्रेस स्वतन्त्रता र संगठन सुदृढीकरणका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युनियनका संस्थापक, पूर्व अध्यक्षहरू, अग्रज पत्रकार तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो बैठकका निर्णयहरू
पदस्थापन लगत्तै अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले निम्नलिखित निर्णयहरू गरेको छ:
- धन्यवाद ज्ञापन: अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, नेपाली कांग्रेसका विभिन्न तह, नेपाल पत्रकार महासंघ, पत्रकार सम्बद्ध संघ-संस्था, व्यावसायिक प्रतिष्ठान तथा बुटवल उद्योग वाणिज्यअधिवेशन तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, नेपाल प्रेस युनियनका केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, केन्द्रीय प्रतिनिधि, संस्थापक, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष तथा कार्यसमिति, नेपाली कांग्रेसका जिल्ला, क्षेत्र तथा नगर समिति, नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश तथा जिल्ला समिति, पत्रकारसम्बद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि, पत्रकार तथा कार्यक्रमस्थल उपलब्ध गराउने बुटवल उद्योग वाणिज्य संघलगायत सबैप्रति धन्यवाद ज्ञापन ।
- प्रतिबद्धता: संगठनलाई एकताबद्ध बनाउँदै पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास र प्रेस स्वतन्त्रताका पक्षमा सक्रिय रहने ।
- शोक प्रस्ताव: युनियन रुपन्देहीकी सदस्य कला डुम्रेका पूजनीय पिता जयनारायण डुम्रेको ८९ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित ।

लेखकको सम्वन्धमा