पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत
पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१३ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा कार्यसमितिको सभापतिमा रवि बराललाई सर्वसम्मत चयन गरेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिको निर्देशन तथा पार्टी विधान र निर्वाचन निर्देशिका, २०८३ को धारा ६(२) र ७(२) बमोजिम असोज ३ गते शनिबार वडा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट उपसभापतिमा फडिन्द्रलाल बराल,उपसभापति (महिला) मा मैया सिग्देल,सचिवमा कुशल सिग्देल र सहसचिवमा वसन्तराज बराल चयन हुनुभएको छ । चारवर्षे कार्यकालका लागि कोषाध्यक्ष भने पछि चयन गरिने जनाइएको छ ।
त्यस्तै, वडा कार्यसमिति सदस्यमा सोनु श्रेष्ठ, प्रभा कुँवर, शान्ति देवी सिग्देल, लक्ष्मी परियार, युवराज रानाभाट, विष्णु बराल, माधवप्रसाद बराल, मित्रलाल बराल र अमृत अधिकारी निर्वाचित हुनुभएको छ ।
अधिवेशनले विभिन्न विधाबाट ५९ जना क्षेत्रीय प्रतिनिधि समेत निर्वाचित गरेको छ । मतदान अधिकृत चन्द्रकान्त रेग्मीका अनुसार क्षेत्रीय प्रतिनिधिमा किशोर दत्त बराल, दीपक गुरुङ (माइला), माधव प्रसाद सिग्देल, जुनेद अहमद, नवीन सिग्देल, विष्णु प्रसाद बराल, राम बराल, वजिरमान श्रेष्ठ, शिरोमणि बराल, माधवप्रसाद आचार्य, गोविन्द प्रसाद सिग्देल, केदार राज सिग्देल, सुवेलमान श्रेष्ठ, निर्मल बहादुर गुरुङ, बलबहादुर बराल, सूर्य प्रसाद बराल, अब्दुल इनाम, तारा बराल, राजकुमारी पौडेल, सुचित तामाङ, मैया सिग्देल, सरिता शर्मा सिग्देल, पूर्णकला घर्ती, मञ्जु गुरुङ, कविता बराल, शान्ता श्रेष्ठ, रमादेवी कार्की, रजनी परियार, सञ्जयकान्त सिग्देल, दीपक पौडेल, विराट सिट्रेल, मनोज रानाभाट, मनिष चौधरी, वर्षा बराल, सन्देश बराल, रश्मिता कुमारी झा, विष्णुमाया बराल, सूर्य बहादुर विक, देवराज बराल, सोमनाथ आचार्य, लक्ष्मण प्रसाद बराल, बुधबहादुर दमै, राजकुमार सुनार, सरिता परियार, कुमार वाग्ले, राजकुमार बराल, भवसागर बराल, किरण बराल, राजेन्द्र प्रसाद बराल, गायत्री सिग्देल, शान्ती देवी सिग्देल, कान्ता बराल, अस्मिता गुरुङ, सोनिमा गुरुङ, मधुकुमार श्रेष्ठ, हितमान गुरुङ, सूर्यबहादुर गुरुङ (राजु), रोशन गुरुङ र मेनकुमार गुरुङ रहनुभएको छ ।

लेखकको सम्वन्धमा