चर्चामा

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो  

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो   
0 0
Read Time:3 Minute, 20 Second

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत दोस्रो दिन असोज ४ गते ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया अघि बढेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय अनुसार दोस्रो दिन पनि वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको हो ।

केन्द्रीय निर्वाचन समिति अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा अधिवेशन अघि बढेको छ। यस्तै झापा, मोरङ क्षेत्र नम्बर ६ बाहेकका क्षेत्र, सुनसरी र सप्तरीका क्षेत्र नम्बर २ र ४ बाहेकका क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढेको छ ।

धनुषा, महोत्तरी, सर्लाही क्षेत्र नम्बर २ बाहेक, रौतहट क्षेत्र नम्बर १ बाहेक, बारा र पर्सामा निर्वाचन कार्यक्रम अघि बढेको छ। दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँमा पनि अधिवेशन अघि बढेको छ ।

गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपुरमा अधिवेशन अघि बढेको छ । लुम्बिनी प्रदेशका परासी क्षेत्र नम्बर २ बाहेक, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बाँके र वर्दियामा अधिवेशन अघि बढेको छ । कर्णालीका रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेतमा अधिवेशन अघि बढेको छ । सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया अघि बढेको छ ।

असोज ३ गतेदेखि सुरु भएको यो प्रक्रियामा छुट भएका वडाहरूमा असोज ५ गते सोमबार पनि अधिवेशन निरन्तर जारी रहनेछ । ‘रसुआ, नुवाकोट र धादिङ बाहेक सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र परासी क्षेत्र नम्बर २ मा असोज ५ गते पनि अधिवेशन जारी रहनेछ,’ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %