उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने गरी पार्टी पुनर्गठन कार्यदलले अघि सारेको प्रस्ताव नमान्ने धारणा राखेका छन् ।
केन्द्रीय सचिवालयको आइतबारको बैठक पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदन बनाएर ल्याएको थियो । उक्त प्रतिवेदनले नेतृत्वको विषयमा कार्यकाल र उमेर हदको विषय पनि समेटेको थियो । जसलाई ओलीले मान्न नसकिने भन्दै बैठकमा प्रतिवाद गरेको एक नेताले जानकारी दिए ।
कार्यदलले यो सम्बन्धी प्रस्ताव राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाएर त्यहाँ राख्ने र अर्को विधान महाधिवेशनबाट निर्णय गर्ने भन्ने खालको सहमति गरेर प्रतिवेदन सचिवालयमा पेश गरेको थियो ।
‘यस्तो प्रस्तावमा अध्यक्षले नमान्ने र यस्तो हुँदैन भन्ने धारणा राख्नुभयो ‘ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने ।कार्यदलको प्रस्तावलाई ठाडै अस्वीकार गर्ने खालको धारणा अध्यक्ष ओलीले राखेपछि बैठकमा केही नेताहरूले प्रतिवाद गरेका थिए ।
बैठकमा उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, रघुजी पन्त, गोकर्ण विस्ट , उपमहासचिव योगेश भट्टराई, रघुविर महासेठ, सचिवहरू राजन भट्टराई लगायतले बैठकमा कार्यदलले भनेको कुरा नमान्ने भन्दै ओलीको अडानको प्रतिवाद गरेका थिए ।
‘कार्यदलको सिफारिसलाई मान्दिनँ भन्ने कुरा यो विधि हो ररु’ भन्दै उनीहरुले आपत्ति जनाएका थिए । ओलीलाई पार्टी सुधारका लागि तपाईंको तरिका भएन भन्दै यो बीचमा ओलीले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिप्रति पनि नेताहरूले आपत्ति जनाएका थिए ।
कार्यदलको प्रतिवेदनमाथि सचिवालयमा छलफल नगर्ने, सचिवालयको निष्कर्षका आधारमा नजाने हो भने कसरी पार्टी चल्छ रु बैठकमा ओलीप्रति यस्तो प्रश्न उठेको थियो ।
निर्वाचनको पराजयको परिणाम र यो असाधारण परिस्थितिको सही समीक्षा अनि निकास नखोजी पार्टी भविष्यमा कसरी अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनीहरूले प्रमुख नेता भएर खेलेको भूमिकाको समीक्षा गर्न भनेका थिए । पार्टी पुनर्गठनको मुद्दा उठाउने नेताहरूले केही समय अघि ‘किर्ता, आवारा, सडक छाप’ लगायतका संज्ञा दिएका थिए । उनले पार्टी सुधारको माग गर्नेमाथि प्रयोग गरेका शब्दहरूमा पनि नेताहरूले असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए ।
तपाईं प्रमुख नेता भएर जुन भूमिका निर्वाह गर्नुभएको छ, तपाईंका जस्ता अभिव्यक्ति छन्( त्यसले के पार्टीलाई मर्यादित बनाएको छरु पार्टीलाई बलियो बनाएको छरु एक नेताले बैठकमा उठेका प्रश्न उद्धृत गर्दै भने,’तपाईंले ‘किर्ना, आवारा, सडकछाप’ भन्ने रु पार्टी प्रमुखका यस्ता अभिव्यक्ति के शोभनीय हुन् रु यसले के पार्टी बलियो हुन्छ, स्वस्थ हुन्छ, पार्टीलाई एकताबद्ध गर्छ ?’
बैठकमा भित्र कार्यदलको प्रस्तावबारे ओलीले व्यक्त गरेका अभिव्यक्तिम सवाल जवाफ भए पनि सचिवालय बैठकले उक्त प्रतिवेदन भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको कार्यदल प्रतिवेदन स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
‘आठौँ सचिवालय बैठकले चार महिना लगाएर जुन प्रतिवेदन तयार गर्यो, त्यो सर्वसम्मत रूपमा प्रतिवेदनलाई बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्यो,’ उपमहासचिव भट्टले भने, ‘आजको बैठक भोलि बिहान नौ बजे बस्नेगरी स्थगित भएको छ ।’ त्यही बैठकले केन्द्रीय समितिमा छलफल हुने एजेन्डाबारे छलफल हुने उनले बताए ।
उनका अनुसार त्यो प्रतिवेदनमा नेतृत्व सम्बन्धी उठेका प्रश्न हटेको उनको भनाई छ । ‘मतभेद भएका विषय हटेर सर्वसम्मत जुन कार्यदलले पास गर्यो,’ उनले भने ।
सचिवालयको बैठक अघि आजै कार्यदलको बैठक बसेको थियो । उक्त बैठकमा पुनर्गठन कार्यदलले एकीकृत प्रतिवेदन तयार गरेको र त्यसमा अध्यक्षको राजीनामा नमाग्ने लगायतका विषयहरू अब नउठाउने सहमति जुटेको दाबी गरेका छन् ।
‘यो समग्र परिवेशलाई ध्यानमा राखेर कार्यदलको बल्थली बैठकपछि आएका सबै मस्यौदा प्रस्ताव र बैठकमा सदस्यहरूले राख्नुभएका सुझावहरूलाई समेटेर एकीकृत प्रतिवेदन ल्याउन तीन जना नेताहरूलाई जिम्मा दिइएको थियो। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो र त्यसैलाई हामीले छलफलको मुख्य आधार बनायौं त्यसका सन्दर्भमा केही कुराहरूलाई अझ स्पष्ट पार्ने गरी छलफल भयो’ सचिव बस्नेतले भने ।
अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने भन्ने कुरा भ्रामक भएको दाबी गर्दै उनले अब अध्यक्षको राजीनामा कहीँ/कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने र अध्यक्षको आलोचना कसैले कहीँ/कतै नगर्ने सहमति भएको दाबी गरे ।
राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक चाहिँ पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी र वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधपूर्ण, निरङ्कुश तथा जनविरोधी शैलीविरुद्ध सशक्त आन्दोलन गर्नेगरी बोलाउने सहमति भएको उनको भनाई छ ।
‘अब पार्टीको विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने कि नबोलाउने भन्ने विषयमा, अहिले बोलाउनु उपयुक्त हुँदैन र बोलाइँदैन। कम्युनिस्ट पार्टीभित्र नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको कुरा आउनु स्वाभाविक होस त्यसबारे धेरै व्याख्या गरिरहनुपरेन’ उनले भने,’विधान महाधिवेशनमा विगतका निर्णयहरूबारे छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्न सकिन्छ ।’
एमालेका केपी शर्मा ओली नेतृत्वबाट अब पार्टी अघि नबढ्ने भन्दै नेताहरूले प्रश्न उठाएपछि पार्टीले नै उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाएकको थियो । उक्त कार्यदलको तर्फबाट देशव्यापी सुझाव संकलन गरिएको थियो । उक्त सुझावका आधारमा महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा नेतृत्व फर्ने सम्मको आसय आएपछि संयोजक थापाले पनि छुट्टै प्रतिवेदन बनाएका थिए । थापाले ओलीको रक्षा गरेर जानुपर्ने धारणा सहितको प्रतिवेदन ल्याएका थिए । दुईथरी प्रतिवेदन आएपछि त्यसमा पनि विवाद भएको थियो । महासचिवको प्रतिवेदनमा चित्त नबुझाएका ओलीले बादलसहितको प्रतिवेदन मिलाएर एकीकृत प्रतिवेदन बनाउने अनौपचारिक जिम्मा नेता प्रदीप ज्ञवालीलाई दिएका थिए ।
ज्ञवालीले २९ पृष्ठ लामो प्रतिवेदन बनाएका थिए । त्यहाँ उनले ओलीलाई नेतृत्वबाट हटाउनेसम्बन्धी कुनै पनि प्रसंग राखेका थिएनन् । तलबाट आएका सुझावहरू सबै अनुसूचीमा राख्ने उनी डकुमेन्ट तयार गरेका थिए ।
तीन वटै डकुमेन्टहरूमा आधारित रहेर आइतबार दिउँसो कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिइ सचिवालयमा पेस गरेका हो ।

लेखकको सम्वन्धमा