चर्चामा

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
0 0
Read Time:2 Minute, 18 Second

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढेको छ । यसै क्रममा आज देशैभर पालिका तहको अधिवेशन हुन लागेको हो । पार्टीको स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने उद्देश्यले यो अधिवेशन गर्न लागिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशका अधिकांश वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयनको काम भइसकेको छ । बाढी र पहिरोबाट प्रभावित भएका नुवाकोट र धादिङ जिल्लाका सबै वडामा भने गएको मंगलबार नै अधिवेशन सम्पन्न भइसकेको छ ।

यस्तै मधेस प्रदेश अन्तर्गत पर्ने सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ । तर बाढीपहिरोका कारण ठुलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई मध्यनजर गर्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको छ । यस बारेमा निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् । उनी भन्छन्, ‘विशेष परिस्थितिका कारण रसुवामा अधिवेशन केही दिन पछि सारिएको हो ।’

नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा ५ पदाधिकारी चयन हुनेछन् । ती पदहरूमा १ सभापति, १ महिलासहित २ उपसभापति, १ सचिव र १ सहसचिव निर्वाचित हुने कानुनी व्यवस्था रहेको छ । त्यसरी निर्वाचित भएर आउने कार्यसमितिका सदस्यहरू मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान राखिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %