पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा
- सत्यदीप सन्देश संवाददाता
- अशोज ७, २०८३
- 25 Shares
Read Time:1 Minute, 10 Second
पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिका लागि भएको निर्वाचनमा १ हजार ३४१ मत खसेको छ । महानगरका १ हजार ४४८ प्रतिनिधिमध्ये १ हजार ३४१ जना मतदानमा सहभागी भएका हुन् ।
सभापति पदका लागि वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा–६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा छन् । सभापति पदमा तीन जनाको उम्मेदवारी परेसँगै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।
यसैबीच पोखरा महानगर कार्यसमितिको सचिव पदमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदका लागि भने निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा भएपछि मतदान सकिएलगत्तै मतगणना पनि सुरु गरिएको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको ६३० पालिकामा अधिवेशन सम्पन्न, प्रतिकूल मौसम रहेका क्षेत्रमा असोज १३ भित्र गर्न निर्देशन
- अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
- अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा
- कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
- नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
- फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा