चर्चामा

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
0 0
Read Time:1 Minute, 0 Second

बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ ।

गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो ।बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ ।

बाढीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका बुटवल-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

स्थानीय प्रशासनले यस अघि नै नदी किनारमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %