चर्चामा

पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता

पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
0 0
Read Time:1 Minute, 22 Second

बुटवल । पाल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका ६ मा पहिरोमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

माथागढी गाउँपालिका–२, रुक्सेका ७५ वर्षीय शेरबहादुर चिडी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । आइतबार बिहान साढे २ बजे बारीको ढिस्को खस्दा शेरबहादुरको घर पुरिएको हो । पुरिँदा घरभित्र परेका चिडी मगरलाई उद्धार गरी जिल्ला अस्पताल तानसेन लगिएकोमा उपचारका क्रममा सोमबार बिहान ९ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

पहिरोमा परेर माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टाका लिलबहादुर घर्तिमगरको घर पुरिएको छ । घर्तीको परिवारका २ जना र छिमेकीकी १ छोरी हराइरहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %